Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

सपना शर्मा कार्यकारी निर्मात्री रहेको टंक बुढाथोकीको‘मन बिनाको धन’ को सकियो छाँयाकन

Reporter

काठमाडौं । ज्वलेरी व्यवसायी सपना शर्मा कार्यकारी निर्मात्री रहेको तथा टंक बुढाथोकीको निर्माण एवं निर्देशित फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ । गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्मको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरिएको छ ।

फिल्मको २८ दिनसम्म मुस्ताङ, काठमाडौं र पोखरामा छायांकन चलेको थियो । निर्देशक टंकका अनुसार फिल्मलाई तिहारको समयमा रिलिज गर्ने तयारी भइरहेको छ तर मिति तोकिएको छैन ।

फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।


सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्मको निर्माता बिष्णु माया मैनाली रहेकी छिन् । यस्तै जीपी संग्रोैला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।

फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामा र नवराज उप्रेतीको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।

 

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको