Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

अमेरिकामा आप्रवासन नीतिविरुद्ध प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा

Reporter

अमेरिकाको लस एञ्जलसमा आप्रवासन नीतिविरुद्ध पाँच दिनदेखि जारी प्रदर्शनका कारण तनाव थप बढेको छ ।

मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म (स्थानीय समय) डाउनटाउनको एक वर्गमाइल क्षेत्रमा कर्फ्यू लागू गरिएको छ। मेयर क्यारेन बासले हिंसा र लुटपाट रोक्न आपतकाल घोषणा गरेकी छन्।

लस एञ्जलसमा आप्रवासन तथा सीमा शुल्क प्रवर्तनको धरपकडविरुद्ध प्रदर्शनहरू हिंसात्मक बनेका छन्। सोमबारसम्म यो प्रदर्शन अमेरिकाका १२ राज्यका २५ शहरमा फैलिएको थियो। सान फ्रान्सिस्को, डलास, अष्टिन, टेक्सास र न्युयोर्कमा शान्तिपूर्ण प्रदर्शन भएका छन्, तर लस एञ्जलसमा स्थिति तनावपूर्ण छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शन नियन्त्रण गर्न चार हजार नेशनल गार्ड र सात सय मरीन कमान्डो लस एञ्जलस पठाएका छन्। क्यालिफोर्निया गभर्नर ग्याभिन न्यूसम र मेयर बासले यो कदमलाई ‘अनावश्यक र तनाव बढाउने’ भन्दै आलोचना गरेका छन्। न्यूसमले ट्रम्पको कदमलाई ‘असंवैधानिक’ भन्दै मुद्दा दायर गरेका छन्।

लस एञ्जलस प्रहरीले सोमबार र मंगलबार तीन सय बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ। कर्फ्यू लागू भएपछि पनि प्रहरीले कर्फ्यू उल्लंघन गर्ने प्रदर्शनकारीलाई धमाधम पक्राउ गर्न थालेको छ। राष्ट्रपति ट्रम्पले हिंसा नरोकिए ‘इन्सरेक्शन एक्ट’ लागू गरी सैन्य बल प्रयोग गर्ने चेतावनी दिएका छन्।

उनले भने, ‘पछिल्ला दुई दिनमा अवस्था बिग्रिएको छ। यदि विद्रोह भयो भने म इन्सरेक्शन एक्ट लागू गर्नेछु।’ ट्रम्पले जुन १४ मा वासिङ्टन डीसीमा हुने सैन्य परेडमा प्रदर्शनको चेतावनीलाई पनि कडा जवाफ दिए। ‘प्रदर्शनकारीले सेनाको सामना गर्नुपर्नेछ,’ उनले भने। यो परेड अमेरिकी सेनाको २५०औं वार्षिकोत्सव र ट्रम्पको ७९औं जन्मदिनमा आयोजना हुँदैछ।

गभर्नर न्यूसमले ट्रम्पको नीतिलाई ‘प्रजातन्त्रविरुद्ध हमला’ र ‘कामदार आप्रवासी परिवारलाई निशाना बनाउने’ कार्य भन्दै आलोचना गरे। उनले प्रदर्शनकारीलाई शान्तिपूर्ण रहन र हिंसा नगर्न आग्रह गरे। लस एञ्जलसमा प्रदर्शनकारी र प्रहरीबीच झडप, गाडीमा आगजनी र लुटपाट भएको छ। मेयर बासले हिंसा गर्नेहरूलाई कारबाही गरिने र डाउनटाउन क्षेत्रमा सफाइ अभियान चलाउने बताएकी छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको