Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

सामाखुसीमा माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, चारजना घाइते

admin

काठमाडौं, पुस– २३ ।

सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

सोमबार बिहान ११ः४५ बजे चक्रपथ हुँदै बौद्ध–जोरपाटी चल्ने बा१ज ९७६६ नम्बरको माइक्रोको ठक्करबाट धूम्रबाराही बस्ने ५५ वर्षीया सीता दाहालको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जेजंग कार्कीले बाटो काट्नेक्रममा ठक्कर दिँदा गम्भीर घाइते दाहालको उपचारकाक्रममा अल नेपाल अस्पताल सामाखुसीमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा कोटेश्वर बस्ने सरिता अधिकारी, उनका श्रीमान् सुशील अधिकारी, अल नेपाल अस्पतालमा कार्यरत् नर्स सपना राई र लक्ष्मी सापकोटा घाइते भएका छन् । घाइतेमध्ये सापकोटा गम्भीर भएको कार्कीले बताए ।

दुर्घटना गराउने माइक्रोबस र त्यसका चालक रामेछापका ४० वर्षीय टंकराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको