Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

बालेन शाहविरुद्ध लिफ्ट जडान प्रकरणमा अख्तियारमा उजुरी

Reporter

काठमाडौं महानगरपालिकाको कार्यालयमा हालै जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अधिवक्ता युवराज सफलले महानगर प्रमुख बालेन शाहविरुद्ध अपारदर्शी तरिकाले लिफ्ट जडान गरिएको आरोप लगाउँदै उजुरी दर्ता गराएका हुन्।

सफलले लिफ्ट जडानको प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को उल्लंघन भएको उल्लेख गर्दै प्रतिस्पर्धाविना, टेन्डर र कोटेसन नबोलाई लिफ्ट जडान गरिएकोप्रति आपत्ति जनाएका छन्।

“लिफ्ट जडान गर्नुमा मेरो आपत्ति छैन,” उजुरीमा भनिएको छ, “तर प्रक्रियामा पारदर्शिता र कानुनी व्यवस्था पालना नगरी गरिएको कार्य आपत्तिजनक छ।”

उजुरीमा लिफ्ट जडानसम्बन्धी सम्पूर्ण कागजात सङ्कलन गरी छानबिन गर्न माग गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको