Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

Reporter

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरुबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

जेठ २० गतेदेखि बैठक बोलाइए पनि विपक्षी दलको अवरोधका कारण बस्न सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिए पनि २० गतेबाट बोलाइएका कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको