Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

दुर्गा प्रसाईलाई अदालतले दिएन धरौटीमा रिहा हुने आदेश

Reporter

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन आदेश दिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यराति गरेको आदेशअनुसार दुर्गा प्रसाईंसहित ७ जना अभियुक्त यस मुद्दाको किनारा नलाग्दासम्म थुनामै बस्नुपर्नेछ। यद्यपि जिल्ला अदालतको आदेश चित्त नबुझे उच्च अदालत जाने कानुनी बाटो भने खुला छ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशब बस्नेत र कुमार तामाङ छन्।

अन्य ३२ अभियुक्तलाई धरौटीमा छाड्न अदालतले भनेको छ। प्रसाईविरुद्ध प्रहरीले राज्यद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको अभियोगमा मुद्दा चलाएको थियो।

जिल्ला अदालतले उनीसहित ७ जनालाई तत्काल प्राप्त प्रमाणले कसुरदार होइनन् भन्न नमिल्ने भन्दै थुनामै राखेर मुद्दाको प्रतिवाद गर्न भनेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको