Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

Reporter

प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा सञ्चारमाध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको आदेश, कतिपय पत्रकारले प्रयोग गरेको सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पक्राउ पूर्जीबारे आएका विषयवस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै यस विषयमा सुक्ष्म अध्ययन र सम्बद्ध निकायसँग छलफल गरिरहेको जानकारी दिएको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत (सहप्रवक्ता) रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समयमा सञ्चारमाध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको आदेश, कतिपय पत्रकारले प्रयोग गरेको सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पक्राउ पूर्जीबारे आएका विषयवस्तुप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । यससँग सम्बन्धित विषयमा सुक्ष्म रूपमा अध्ययन गर्दै काउन्सिलले सम्बद्ध निकायसँग छलफल गरिरहेको छ ।”

काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीका साथै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल (विशेषगरी युट्युब च्यानल)बाट सम्प्रेषित सामग्रीको समेत अनुगमन गर्दै आएको छ । काउन्सिलले कार्यविधि बनाएर युट्युबलाई समेत सञ्चारमाध्यमअन्तर्गत सूचीकृत भई सामग्री सम्प्रेषण गर्ने प्रावधान राखेको छ ।

काउन्सिलले कानुनी रूपमा सञ्चारमाध्यमअन्तर्गत नरही सम्प्रेषित सामग्री आचारसंहिताविपरीत देखिए सम्बन्धित निकायमा पत्राचार गर्दै आएको छ । पत्राचारअघि आचारसंहिता उल्लङ्घनबारे सञ्चालकलाई जानकारी गराई सूचीकृत हुन सचेत गराउने गरेको सहप्रवक्ता बोहराले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको