Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार

Reporter

सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती खरिदका नाममा अनियमितता गरेको आरोपमा तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७८\७९ मा सौर्य बत्ती जडान योजनाका लागि छुट्याइएको दुई करोड १६ लाख रुपियाँको बजेटलाई अनियमित ढंगले टुक्र्याएर पाँचवटा छुट्टाछुट्टै प्याकेजमार्फत खरिद प्रक्रिया अघि बढाइएको थियो ।
यस क्रममा स्वीकृत बजेटभन्दा ३७ लाख बढी रकम (कूल दुई करोड ५३ लाख १७ हजार २५० रुपियाँ) लागत अनुमान गरेर बोलपत्र आह्वान गरिएको आयोगले जनाएको छ ।

मुद्दा दायर गरिएकामध्ये गाउँपालिका तत्कालीन अध्यक्ष यादवसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहा, लेखापाल सञ्जय कुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब–इन्जिनियरहरू सन्तोष राय र राजु राय छन् ।

यसै गरी आयोगले ठेक्का लिएको स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के. स्टोर्स र जियो टेक्निकल एन्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपालका सञ्चालकहरू जय प्रकाश यादव, रञ्जुकुमारी शाह र संगीता कुमारीविरुद्ध पनि मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

अख्तियारले सार्वजनिक बजेटमा बदनियतपूर्वक अनियमितता गरेर गैरकानुनी लाभ लिएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।तत्कालीन पालिका अध्यक्ष यादवविरुद्ध २ करोड ४९ लाख ४० हजार ११० रुपियाँ र निमित्त प्रमुख प्रशासकीय अधिकृत साहविरुद्ध पनि सोही बिगो कायम गरिएको छ ।लेखा अधिकृत कुशवाहाविरुद्ध ४७ लाख ५९ हजार ५६०, लेखापाल ठाकुर, जिन्सी शाखा यादव र सब इन्जिनियरद्वयविरुद्ध २ करोड ४९ लाख ४० हजार ११० रुपियाँ नै बिगो कायम गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको