Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

‘मिस एण्ड मिसेस व्यूटिफुल’को दशौ संस्करणकका लागि पहिलो छनौट प्रक्रिया सम्पन्न,उत्साहजनक सहभागिता

Reporter

काठमाडौं । मिस एण्ड मिसेस व्यूटिफुल दशौ सस्करणको पहिलो अडिसन सम्पन्न भएको छ ।

वरिष्ठ अभिनेत्री सनी रौनीयारको विशेष आकर्षणको रुपमा विशिष्ठ अतिथीको रुपमा उपस्थित रहेको सो ग्राण्ड अडिसन समारोह नया बानेश्वर स्थित मेट्रो रेष्ट्रोमा सम्पन्न उक्त अडिसनमा नेपाली चलचित्र क्षेत्रका नायक रमेश उप्रेती , उद्यमी एव र्‍याप एण्ड डाईभकी सँस्थापक रिता आचार्य, हाँस्य कलाकार एव निर्देशक गोपाल ढकाल ‘छन्दे’ , गत वर्षकी मिसेस व्युटिफुल विजेता विजय अधिकारी, कलाकार केदार खड्का, लगायतको निणार्यक मण्डलको टिमले ईच्छुक सहभागीहरुको छनौट गरेका थिए ।

मिस तथा मिसेस विधामा गरि करिव २ दर्जन वढि ईच्छुक सहभागीहरुको अडिसनमा सहभागी भएको आयोजक समितिका अध्यक्ष एव दक्ष ईन्टरनेशनलका प्रमुख मुख टेकराज पाण्डेले जानकारी दिए ।
विवाहित तथा अविवाहित दुवैले सहभागीता लिन सक्ने र यस अडिसनमा छुट भएका सहभागीले दक्ष ईन्टरनेशनलको कार्यालय,बानेश्वरमा सम्पर्क गर्न सकिने छ । लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय पाण्डेका अनुसार यस अडिसनबाट छनौट भएका सहभागीहरुले अर्को हप्ताबाट १ महिने विविध तालिम प्रदान गरिने छ ।

श्रावण १० गते नेपाल पुलीस क्लबको भव्य हलमा गाण्ड फिनाले सम्पन्न हुने सेलीब्रेटी मेकअप आर्टिष्ट समेत रहेका पाण्डेले बताए । अन्तिम प्रतियोगीहरुको ईन्टनरनेशनल कारियोग्राफर आश्विनी झाबाट तालिम प्रदान गरिने छ ।

अफिसियल कोरियोग्राफर झाले दुबै प्रतियोगिताका सहभागीका लागि जीवनउपयोगी हुने बताए। मिसेस व्युटिफुल नेपाल २०२४ विजया अधिकारीले प्रतियोगिताले महिला सुदृढीकरणमा टेवा पुगेको अनुभव सेयर गरिन्। कार्यक्रमका व्यवस्थापक एवं सौन्दर्यकर्मी सुप्रिया उप्रेतीले यो प्रतियोगिता महिलाहरुलाई आप्mभित्र अन्र्तनिहीत प्रतिभा प्रष्फुटन गर्ने महत्वपूर्ण अवसर भएको बताइन्।

प्रतियोगिताबाट शिर्ष उपाधिका साथमा विभिन्न उपाधि,गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजक पाण्डेले जानकारी गराए। उनका अनुसार प्रतियोगिताबाट छनौट भएका प्रतियोगिहरुलाई इन्द्रेणी सुइट होटलमा सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धि विषयमा सम्बन्धित विषयका विज्ञले एक महिनासम्म प्रशिक्षण दिनेछन्।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लाससहित गतिविधीमा समेत सहभागी गराइनेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको