युवराज छन्त्याल र देवी घर्तीको स्वरमा रहेको गीत ‘किन पीर मान्छौं सार्वजनिक भएको छ । युवराजकै शब्द तथा संगीत र कुमार थापाको एरेञ्ज/मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शिवम पोखरेलले निर्देशन रहेको गीतको भिडियोमा नवीन सिरिस, सगुन शाही, रेनुका आले, वसन्तराज गौतमलगायतको अभिनय छ । यस गीतले आफ्नो मायालुलाई पीर नगरी बस्न आग्रह गरेको छ । माया-प्रेम भावमा झल्काउने यो गीत लोकलयमा रहेको छ ।
सुरज खनाल, राजु घलेले खिचेको गीतको भिडियोमा सरोज शाहीको दृश्य सम्पादन छ । गीतको भिडियोलाई गायक छन्त्यालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
लोकप्रिय समाचार

