Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग

Reporter

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणलाई तत्काल छानबिन समिति बनाएर गम्भीर ढंगले अध्यन र छानबिन गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने अडान राखेको भन्दै यसविषयलाई गम्भीररुपमा लिएर तत्काल छानबिन समिति गठन गर्न माग गरेका हुन्।

उनले भने,  ‘यसबारे गम्भीर ढंगले अध्ययन र छानबिन गर्न जरुरी छ। सबैले उठाउँदै आइरहेको विषय यही थियो। उहाँहरूले छानबिन समिति नबनेसम्म सदन अवरोध गर्ने कुरा जानकारी गराउनु भएको छ। सरकारले ३० दिन भित्र छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ। हामीले त्यो कुरामा विश्वास पनि गरेको छौं। म सरकारसँग आग्रह गर्छु अब ३० दिन लगाउन जरुरी छैन, केही दिन तत्काल गठन गरेर सबैभावना केन्द्रीकृत गर्न सरकारलाई आग्रह गर्छु।

त्यस्तै उनले शिक्षा विधेयक असार १५ गतेभित्र पारित सरकारले प्रतिबद्धता जनाएको स्मरण गर्दै कुनै बाहानामा सो जिम्मेवारीबाट सरकार पन्छिन नमिल्न बताए।
‘हामीले सदनभित्र असार १५ गतेभित्र शिक्षा विधेयक पारित गरिसक्ने लाखौं शिक्षकसँग सरकारले प्रतिबद्धता गरेको छ। हामीले त्यो विधेयक पारित गर्नुपर्ने छ। सरकार कुनै पनि बाहानामा त्यो त्यो जिम्मेवारीबाट नपन्छियोस्,’उनले भने

निरन्तर नाराबाजी गरिरहेको रास्वपाले भने शक्ति बस्नेतले बोल्ने क्रममा नाराबाजी रोकेर मौन समर्थन जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको