Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

सिन्धुपाल्चोकका ३ ठाउँमा पहिरो, अरनिको राजमार्ग पूर्णरुपमा बन्द

Reporter

सिन्धुपाल्चोकमा पहिरो र बाढीका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

सोमबार रातिको वर्षाका कारण भोटेकोशी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको वडानम्बर २ को कोदारी, ३ को लार्चा र २ कै कोप्लाङमा पहिरो गएको छ । खोलाहरूमा बाढी आएको छ । पहिरो पन्छाउने काम जारी रहेकोले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ ।

सडक बन्द भएपछि यात्रु मर्कामा परेका छन् । सवारीसाधन सडकमै लाइन लागेका छन् ।

सोमबारदेखि आएको वर्षाका कारण देशका अन्य मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । ललितपुरस्थित कान्तिलोकपथ, पूर्वपश्चिम राजमार्गअन्तर्गत बिनयी खोला र गुल्मीस्थित कालिगण्डकी करिडोर पनि अवरुद्ध भएको छ ।

धनकुटाको रवि राके भेडेटार सडक र जुम्लाको जुम्ला-मुगु सडक एकतर्फीमात्रै सञ्चालनमा आएका छन् ।

सडक विभागका अनुसार सबैतिरका सडक खुलाउने प्रयास जारी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको