Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

रास्वपा सांसदलाई सदनबाट निष्कासन गर्न कांग्रेसको माग

Reporter

नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई सदनबाट निष्कासन गर्न माग गरेको छ। सोमबार प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा सांसदले मर्यादित पोसाक नलगाएको भन्दै सदनबाट निष्कासन गर्न माग गरेका हुन्।

घिमिरेले भने, ‘यो संसदमा केही माननीय सदस्यहरूले जुन स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन ? भोलि कोही हाफपाइन्ट मात्र लगाएर आउने, कोही जथाभावी ड्रेसमा आउने गर्न थाल्यो भने संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?’

रास्वपा सांसदहरूले आज संसदमा निलो रिबन लगाएर मानव तस्करीको विरोध गरेपछि घिमिरेले पोसाक अमर्यादित भएको भन्दै सांसदहरूलाई निष्कासनको माग गरेका हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको