Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक आचारसंहिता कडाइका साथ लागू गर्नुस् : निर्वाचन आयुक्त देउवा, कोइरालासहित कांग्रेस नेताहरू जुटे छलफलमा ‘एकताविरुद्धका गतिविधि स्वीकार्य छैनन्’: कार्यवाहक सभापति खड्का

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन

Reporter

सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताए।

साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व सङ्कलन भएको थियो। मंसिरमा रु तीन अर्ब २२ करोड, पुसमा रु तीन अर्ब ५६ करोड, माघमा रु चार अर्ब २९ करोड, फागुनमा रु चार अर्ब ६८ करोड र चैतमा रु चार अर्ब ५० करोड राजस्व संकलन भएको बरुवालले जानकारी दिए।

वैशाखमा भने रु चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार, जेठमा चार अर्ब ४३ करोड ५७ लाख ११ हजार राजस्व सङ्कलन भएको छ। उक्त कार्यालयको चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य  छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको