Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

इरानी सर्वोच्च नेताद्वारा युद्धको घोषणा

Reporter

इरानले आधिकारिक रूपमा इजरायलविरुद्ध युद्धको घोषणा गरेको छ ।

इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले बुधबार एक्समा लेखे– युद्ध सुरु हुन्छ । हामी आतंककारी यहूदी शासनलाई कडा जवाफ दिनेछौँ । हामी उनीहरूलाई कुनै दया देखाउने छैनौँ ।

इरानी सर्वोच्च नेता खामेनीको घोषणासँगै इरानले इजरायलमा २५ वटा मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरान र इजरायलबीच विगत छ दिनदेखि हिंसात्मक द्वन्द्व चलिरहेको छ ।

मिडिया रिपोर्टहरूका अनुसार अमेरिका पनि चाँडै इरान–इजरायल युद्धमा सामेल हुनसक्छ । मंगलबार क्यानडाबाट फर्केपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरे । यसपछि अमेरिकाले मध्य पूर्वमा थप लडाकु विमान पठाउने निर्णय गरेको बताइएको छ ।

इरान र इजरायलबीचको युद्धमा हालसम्म २२४ इरानी मारिएका छन् भने १,४८१ जना घाइते भएका छन् । यसबीच इजरायलमा अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ भने ६०० भन्दा बढी घाइते भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको