Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्छः ज्ञानबहादुर शाही

Reporter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरू एकजुट भएर अघि बढ्न आग्रह गरेका छन ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन । उनले शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान समेत गरेका छन ।

उनले उक्त प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखकको मात्र नभई ०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन गर्न समेत माग गरे । उनले भने, ‘भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । हामी सबैको साझा मुद्दा हो ।

आजको एक जना गृहमन्त्रीको कुरा होइन, ०६४ सालदेखिका १४ वटा गृहमन्त्रीको मुद्दा हो । राप्रपाको तर्फबाट सबै दलहरूलाई अपिल छ –हामी एक ठाउँमा आएर मानव बेचबिखनविरुद्ध एकजुट बनौँ । यो कुनै व्यक्ति वा दलको मात्र मुद्दा होइन ।

आज लाखौँ मान्छेहरू बेचिएर अलपत्र परेका छन् । जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन तबसम्म आन्दोलन जारी रहन्छ ।’ उनले अवरोधका बिच संसद् नचलाउन समेत सभामुखसँग आग्रह समेत गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको