Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा ओलीको निर्णयले दुई प्रभावशाली नेता आउट, एमालेले नयाँ अनुहार अघि सार्‍यो

विनयी खोलामा बस बाढीले बगायो, तीन शिशु सहित ३८ यात्रु सुरक्षित

Reporter

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ।

काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले बताए। विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासि आएको बाढीले बस बगाएको उनले बताए।

‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगायो,’ प्रहरी निरीक्षक तिमिल्सेनाले भने, ‘तत्काल एक्साभेटर लगाएर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौं।’

बसमा तीन शिशुसहित ३८ जना यात्रु थिए। उक्त क्षेत्रमा पानी निरन्तर परिरहेकाले खोलाबाट बस निकाल्न नसकिएको उनले बताए। यात्रुको सामान के कति बगायो भन्ने थाहा हुन सकेको छैन। रातभर परेको पानीले उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ। दाउन्नेमा सडक हिलाम्मे भएकाले सवारीसाधन गुड्न सकेका छैनन्। वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको