Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

क्यानडाको क्यालगरीमा सम्पन्न भयो ‘कमेडी र लाईभ दोहोरी साँझ’

Reporter

क्यानडा । हास्य, संगीत र समुदायको अनुपम समागम रहेको एक भव्य कार्यक्रम सम्पन्न भएको छ । क्यानडाको क्यालगरीमा आयोजित ‘कमेडी र लाईभ दोहोरी साँझ’ कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भयो।  मातृभूमि मेलोडी आर्टसको आयोजनामा भएको यस कार्यक्रमले नेपाली समुदायबीच कला, संस्कृति, हास्य र आपसी सद्भावको प्रभावशाली प्रस्तुति दिएको थियो।

कार्यक्रमको संयोजन र व्यवस्थापन रमेश अधिकारीको नेतृत्वमा सक्रिय स्वयंसेवक टिमद्वारा गरिएको थियो। प्रवेश व्यवस्थादेखि मञ्च व्यवस्थासम्म स्वयंसेवकहरूको भूमिका उल्लेखनीय रह्यो। फोहोर व्यवस्थापन, खाना तथा पेय समन्वय, लाइट र पानसको तयारी, सामाजिक सञ्जाल व्यवस्थापन लगायत सबै पक्ष योजनाबद्ध रूपमा अघि बढाइएको थियो।

कार्यक्रमको उद्घाटन मित्रलाल सापकोटा र अदल कुमारी सापकोटाले दीप प्रज्वलन गरी गर्नुभयो। बालबालिकाद्वारा नेपाली राष्ट्रगान र ट्र्याक प्लेमार्फत क्यानाडेली राष्ट्रगान प्रस्तुत गरिएको थियो। स्वागत मन्तव्य बुद्ध अधिकारीले राख्नुभयो भने विभिन्न समुदायका व्यक्तित्वहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा एनआरएनए क्यानडा, क्यानाडामा क्रियाशील सांस्कृतिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, क्यानाडाली नेपाली व्यापारी तथा सामाजिक अभियन्ताहरू उपस्थित थिए।

कार्यक्रमका मुख्य आकर्षणहरूमा सारा देवकोटा, अन्नु माथेमा, मीना जी, सिंह खड्का, संगिता थापा मगर, लगायत कलाकारहरूको एकल र सामूहिक प्रस्तुति, स्ट्यान्डअप कमेडियन मनोज गजुरेल र शर्मिला रानाभाटको विशेष हाँस्य कार्यक्रम तथा प्रत्यक्ष दोहोरी प्रस्तुतिहरू थिए। दर्शकहरूलाई दोहोरीमा सहभागी गराउने अवसरले कार्यक्रम झनै जीवन्त बनायो।

कार्यक्रममा विभिन्न टियर अनुसारका प्रायोजकहरूलाई खादा र कृतज्ञताको टोकनद्वारा सम्मान गरिएको थियो।
फोटोग्राफी, भिडियो, साउन्ड र खाना व्यवस्थापनमा हिमालयन मूस रेस्टुरेन्ट, प्रज्वल आरजे, तेजस श्रेष्ठ, हेमन्त महर्जन लगायतको भूमिका सराहनीय रह्यो।

समापनमा राजेन्द्र चोङबाङ र धर्मा लाई स्टेजमा आमन्त्रण गरी धन्यवाद ज्ञापन गरिएको थियो।
उक्त कार्यक्रमले विदेशी भूमिमा नेपालीपनको झल्को दिँदै, सांस्कृतिक जगेर्ना र सामुदायिक ऐक्यबद्धतालाई अझ सशक्त बनाएको सहभागीहरूले बताएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको