Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

राजेन्द्रकिशोर क्षेत्री नयां मुख्य सचिव

admin

 

सरकारले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । वरिष्ठ सचिवमध्येबाट क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरिएको अर्थमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

क्षेत्रीलाई बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले तीन वर्षका लागि मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिवको पदावधि तीन वर्षको भएपनि क्षेत्री उमेर हदका कारण कार्तिक ७ गते अवकाश पाउनुहुने छ। क्षेत्रीले आजैदेखि कार्यभार सम्हाल्नुहुने भएको छ । विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिनुभएका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतमा सेवा प्रवेश गर्नुभएको हो ।

Chief Secretary

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको