Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते

राधिका उप्रेतीको निर्माणमा हरि उप्रेतीको ‘आँखैले बोलन…’ (भिडियो)

Reporter

काठमाडौं ।  वरिष्ठ गीतकार हरि उप्रेतीको शव्दमा गायिका तृप्ति खड्का गुरुङ्ग र जयेश तामाङ्गको युगल स्वरमा आँखैले बोलन..बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय गीतकार संघका अध्यक्ष समेत रहेका गीतकार उप्रेतीका यस अघिका थुप्रै गीतहरु चर्चामा रहेका छन । उनकै आफ्नै युट्यूब च्यानल हरि उप्रेतीबाट सार्वजनिक गरिएको उक्त गीतका एरेन्जर नरेश पाण्डे हुन ।

 

सारेगम स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संगीत विजय गुरुङ्गले दिएका छन भने गीतको भिडियोमा स्यवं फिचर्ड रहेका छन ।

उनलाई मोडल अस्मि थापाले साथ दिएकी छिन । भिडियोेको निर्देशन समेत गुरुङ्गले गरेका छन ।

प्रकाश खड्का टिमले छायांकन गरेको भिडियोमा प्रकृतिक मनोरम दृश्यहरु कैद भएका छन ।

ड्रागन पिक्चर्समा सम्पादन गरिएको भिडियोलाई मिनल विश्वकर्माले सम्पादन गरेका हुन । भिडियोको निर्माण राधिका उप्रेतीले गरेकी हुन ।

पछिल्लो पटक गायिका तृप्ति खड्का गुरुङ्ग र संगीतकार विजय गुरुङ्गका थुप्रै गीतहरु बजारमा आएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको