Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

ग्रिस महर्जन बने “प्रथम मिस्टर महानगर २०८२”

Reporter

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२२ मा सम्पन्न “महानगर शारीरिक सुगठन प्रतियोगिता” मा ग्रिस महर्जनले सर्वोत्कृष्ट “प्रथम मिस्टर महानगर २०८२” उपाधि जित्न सफल भएका छन्। यो प्रतियोगिताले पुरुष फिटनेस, व्यक्तित्व, र मंच प्रस्तुतीलाई पहिलो पटक मेयर–स्तरीय प्रतिस्पर्धाको रूपमा प्रस्तुत गरेको थियो । ग्रिसले आफ्नो शरीर संरचना, पोशाक, र मंच प्रजेन्टेसनको उत्कृष्टतामा निर्णायक मण्डल र दर्शकका मन जितेका थिए ।

प्रतियोगिताका संचालक र कोचिङ टोलीले विजेता ग्रिसको प्रस्तुतीलाई उच्च मूल्यांकन गरेका छन्, साथै सोसल मिडिया र  सञ्चारमाध्यममा प्रशंसा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा ओली लगायतले पाँच लाख नगद सहित ट्रफी प्रदान गरेका थिए ।

७५ + किलोको प्रतिस्पर्धामा ग्रिस महर्जनले गोल्ड मेडल समेत प्राप्त गर्न सफल भएका थिए ।व्यक्तिगत प्रशिक्षकको भूमिकामा उनले थुप्रै व्यक्तिहरूलाई फिटनेस तालिम दिने र पोषण सल्लाह प्रदान गर्ने कार्यक्रम संचालन गर्दै आईरहेका छन । विजेता ग्रीसले सार्वजनिक स्रोतहरूको सहयोगमा सुविधाजनक शारीरिक व्यायाम केन्द्र र स्वास्थ्य अवेयरनेस कार्यक्रम सञ्चालन गर्ने इच्छा व्यक्त गरेका छन्।

फिटनेस र प्रशिक्षण केन्द्र खोल्ने योजनास् ‘मिस्टर महानगर’को उपाधिबाट प्रेरित भई, व्यक्तिगत प्रशिक्षकको रुपमा करियर थप बलियो बनाउन ग्रिसले योजना बनाइरहेका छन्।

उनले भने, “यस उपाधिले मैले देखाएको मेहनत र समर्पणको परीक्षा हो , अहिले मेरो लक्ष्य समुदायलाई स्वस्थ जीवनशैलीमा प्रेरित गर्नु हो।”
“प्रथम मिस्टर महानगर” प्रतियोगिता–२०८२ पहिलो कार्यक्रम हो जसले पुरुष फिटनेसलाई सार्वजनिक मञ्चमा ल्यायो। यसले पुरुषहरूमा स्वस्थ जीवनशैली र राम्रो आत्मविश्वास बढाउन योगदान गर्ने विश्वास गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको