भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले समिति गठन गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ।
पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा गठन भएको समितिमा सम्बन्धित मन्त्रालयका सहसचविहरू रहने बैठकमा सहभागी एक मन्त्रीले बताए । समितिलाई ३० दिनको समय दिइएको छ।
लोकप्रिय समाचार

