काठमाडौं, पुस- २४
बलिवूड अभिनेता सैफ अली खानकी छोरी साराअली खानले २०१८ मा फिल्म ‘केदारनाथ’बाट डेब्यु गरिन् त्यस्तै वर्षको अन्त्यतिर प्रदर्शन भएको रणवीर सिंहसँगको ‘सिम्बा’ पनि सुपरहिट भयो ।
बलिवूडमा साराले वरुण धवनको साथमा गोविन्दाको फिल्म ‘कुली नं १’को रिमेकमा साइन गर्ने चर्चा व्यापक थियो ।
अन्तिम समयमा यो फिल्मका लागि आलिया भट्टले साराको स्थान लिएकी छिन् । अब यो खबर घोषणा हुन मात्र बाँकी रहेको भारतिय मिडियाले जनाएको छ । यो फिल्म २०१९ को अन्त्यतिरबाट सुटिङमा जाने भएको छ । फिल्मलाई भने डेभिड धवनले निर्देशन गर्दै छन् ।
गोविन्दा र करिश्मा कपुर अभिनीत ‘कुली नं १’ सन् १९९५ मा रिलिज भएको थियो । उक्त फिल्मका गीत खुब हिट भएका थिए । सो फिल्ममा कादर खान पनि अभिनित थिए ।
लोकप्रिय समाचार