संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने छन् ।
यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा नियमावली– २०७५ को नियम १३३(क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८२’ सभा समक्ष प्रस्तुत गर्ने छन् ।
लोकप्रिय समाचार

