Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सन्चार उपकरणमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई घन्टा प्रभावित

admin

TIA

काठमाडौं, पुस- २४

सन्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करिब दुई घन्टा प्रभावित भएको छ ।

विमानस्थलको सन्चार प्रणाली भिडियो हाइ फ्रिक्वेन्सी (भीएचएफ)मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

उनकाअनुसार मंगलबार बिहान करिब ९ बजे विमानस्थलको सन्चार उपकरणमा लाइन सर्ट भएपछि भीएचएफमा समस्या आएको थियो । लगत्तै विमानस्थलका प्राविधिकले मर्मत गरेका थिए ।

प्राविधिक मर्मतपछि बिहान ११ बजेदेखि नियमित उडान भइरहेको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

‘सन्चार प्रणालीमा लाइन सर्ट भएपछि समस्या आएको हो । टावर ठीकै थियो । हाम्रा इन्जिनियरले मर्मत गरेपछि सेवा सन्चालन भएको छ । एक घन्टा ४० मिनेटजतिमात्र उडान रोकियो । अवतरणमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा समस्या थिएन’–उनले भने ।
रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको