Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हिटर पड्किएर हुने आगोलागीको संख्या बढ्यो, सावधानी अपनाउन आग्रह

admin

काठमाडौं, पुस- २४

जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौंले ग्यासजडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौं, कलंकीका इन्जिनियर दम्पतीको ज्यान गएको घटना सेलाउन नपाउँदै मंगलबार बिहानमात्रै काठमाडौंको टोखामा हिटर पड्किएर आगोलागी भएको छ ।

टोखा नगरपालिका–११ भण्डारीटोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगोलागी हुँदा लत्ताकपडा, टीभी, ग्यास चुलोलगायत सामग्री जल्दा करिब रु दुई लाख बराबरको मालसामान नस्ट भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भएको छैन ।
रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको