Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

देशभर बदली, भारी वर्षाको सम्भावना

Reporter

देशभर  साधारणदेखि पूर्णतया बदली (बादल/वर्षा) रहने पूर्वानुमान छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा पनि यस्तो सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका अरू धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ,” महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस दिन राति पनि देशभर साधारणदेखि पूर्णतया बदलीको पूर्वानुमान छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा पनि यस्तो सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अरू धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

गए राति र आज बिहान काठमाडौंसहित धेरै स्थानमा वर्षा भएको छ । मौसमविद्ले आइतबार (असार १५) र सोमबार (असार १६) लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा ‘धेरै भारी’ वर्षाको सम्भावना औँल्याएका छन् । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको