Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

Reporter

लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठूला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रहरीका अनुसार गगने खोलामा बिहान ६ बजेदेखि सडक बन्द भएको हो । सडक खुलाउन हेभी मेसिनसहित जनशक्ति परिचालन गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ । वर्षा जारी रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरिएको छ । सडक अवरुद्ध हुँदा जुम्लादेखि सुर्खेत, नेपालगन्जतर्फ जाने मालबाहक र यात्रुबाहक सवारी साधन रोकिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको