Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

सौन्दर्यविद चन्दा पुन “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष पदमा चयन

Reporter

समाज सेवामा निरन्तर समर्पित वरिष्ठ सौन्दर्यविद चन्दा पुनलाई  “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष पदमा सर्वसम्मत रूपमा नियुक्त गरिएको छ। सन् २०२५–२०२६ को कार्यकालका लागि उनलाई यो गरिमामय जिम्मेवारी दिइएको हो।

चन्दा पुनको समाजसेवामा लामो अनुभव तथा उनको मानवीय सेवामा समर्पण उल्लेखनीय छ। सुन्दरता तथा आत्मविश्वास अभिवृद्धिमा आफ्नो पेशागत योगदान दिनुका साथै उनले बिभिन्न सामाजिक तथा मानवीय सेवाका अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।

लायन्स क्लबमार्फत उनले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, र दीन दुःखीहरूको सेवामा उल्लेखनीय कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। अध्यक्ष पदमा नियुक्तिसँगै उनले भनेकी छन्, “यो पद मेरो लागि गर्व मात्र होइन, ठूलो जिम्मेवारी पनि हो। मानव सेवा नै सच्चा सेवा हो भन्ने मान्यताका साथ म समाजको हितमा अझ बढी समर्पित भएर कार्य गर्नेछु।”

लायन्स क्लब अफ काठमाडौं भिजनरी इन्टरप्रेन्योर, लायन्स अन्तर्राष्ट्रिय, जिल्ला ३२५ जी अन्तर्गत पर्ने क्लब हो, जसले समाजिक विकासमा सशक्त कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

चन्दा पुनजस्ती नारी नेतृको नेतृत्वमा क्लबले अझ प्रभावकारी सेवा, मानवता र सद्भावको नयाँ अध्याय प्रारम्भ गर्ने विश्वास व्यक्त गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको