काठमाडौं, पुस- २४
प्रेस काउन्सिल नेपालमा रबी लामिछाने बारे उजुरी पर्यो । उजुरी परेपछी सम्बन्धित निकाय भएको नाताले के हो त भनेर सोध्नै पर्यो । त्यसैले पत्र लेख्यो । पत्रको जवाफ यस्तो देखियो कि प्रेस जगत नै आस्चर्यमा पर्यो । रबिको त्यस्तो जवाफको प्रेस जगतले कल्पना समेत गर्न सकेको थिएन ।
प्रेस काउन्सिलको प्रश्नको जवाफमा रबिले लेखे, ‘मैले बिदेशी नागरिकता लिएको छैन, मैले नेपालमा रहेर काम गर्न स्विक्रिती प्राप्त गरेको छुँ, म पत्रकार होईन, म नेपालको प्रेस पास पनि लिन्न ।’ रबी बिरुद्द उजुरी परेको हुंदा सम्बन्धित निकाय भएको कारणले उजुरी कर्तालाई जवाफ त दिनै पर्ने हुन्छ त्यसैले सांचो कुरा के हो त भनेर प्रेस काउन्सिलले परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा पत्राचार गर्यो । पररास्ट्र र गृहले स्पस्ट जवाफ दियो, ‘रबी अमेरिकी नागरिकको हैसियतले नेपालमा नाता भिसामा बसिरहेका छन्, नाता भिसा भएकाहरुले नेपालमा काम गर्नु गैर कानुनी कार्य हो, उसले नेपालमा काम गर्न स्विकृती प्राप्त गरेको पनि छैन ।’
प्रेस काउन्सिलको काम पनि हो उजुरी परेपछी वास्तविकता बुझ्नु र सम्बन्धित ब्यक्ती र निकायलाई सचेत गराउनु । यो काम उसले ईमान्दारिताका साथ गरिरहेको थियो । जसको परिणाम स्वरुप वास्तविकता बाहिर आयो । त्यसैले आफुलाई अप्ठेरो पर्ने र नेपालको कानुन अनुसार जेल सम्म पनी जान सक्ने सम्भाबनाको जानकारी प्राप्त भएपछी रबीले हतार हतार अमेरिकी एम्बेसीमा गएर अमेरिकी नागरिकता त्यागेको जानकारी बाहिर ल्यायो ।
तर उसले आज सम्म पनि आफुले झुटो बोलेको स्विकार गरेको छैन । बरु उल्टै नेपाली जगतलाई नै आस्चर्य पार्ने गरी नेपालको प्रेस जगतले मलाई साथ दिएन भनेर आरोप लगाईरहेको छ ।
अब नेपाली प्रेस जगतले पनि त रबिको आरोप सही हो वा गलत जवाफ दिनु पर्यो नि होईन र ? या त रबिले भनेको र गरेको कुरा सबै सही हो भन्नु पर्यो ।
माथिको कुराले रबी के हो र उसले सम्भब भए सम्म कती झुटो बोल्न सक्दछ भन्ने स्पस्ट पर्दछ ।
अब आयो रबिको अर्को कहानी यसमा रबिको भनाई: म निर्दोष छु, सबै दोष उसलाई देश निकाला गर्न खोज्ने षड्यन्त्रकारीहरुको हो । नेपाली प्रेस जगतले पनि उसलाई साथ दिएन त्यस्ले समर्थकहरुले साथ दिनुपर्यो।
नेपाली प्रेस जगतले साथ नदिएपछी र आफ्नो गल्ती देखाउन खोज्ने सबैलाई षड्यन्त्रकारी घोषणा गरेपछी अब रबीको अन्तिम हतियार आफ्नो समर्थकहरु मात्र रहे।
त्यसले पनि गल्ती देखाउंदा षड्यन्त्रकारीको कित्तामा पर्ने भयलाई समेत ध्यानमा राखेर उहाँले आफैले स्विकारेको कुरातर्फ ध्यान दिँदा:
यहाँं उल्लेख भए अनुसार २४ बर्षमा बिबाह भएका रबिले २००२ मा अमेरिका गएर सेटल भएको र तीन वर्षभित्र बाल्टिमोरमा मोर्गेजमा घर किनेको उल्लेख गरिएको छ तर कती वर्ष पछी आफ्नो श्रीमती छोरीहरुलाई अमेरिका लगिएको हो उल्लेख भएको छैन । अमेरिकामा श्रीमती र छोरीहरु लैजादा सम्म सम्बन्ध राम्रो नै देखिन्छ ।
तर, एकै पटक श्रीमतीसंग सम्बन्ध बिग्रनुको कारण के थियो त ? यसबारेमा बाल्टिमोर स्थित केही नेपालीहरुसंग बुझ्दा “गोरेनी संगको सम्बन्ध पस्चात नै रबिको आफ्नो श्रीमतीसंग सम्बन्ध बिग्रन थालेको हो । त्यसपछी रबी घरमा नआउनु, मोर्गेज, घरखर्च र बच्चाहरुलाई समेत श्रीमतीले हेर्न बाध्य हुनु लगायतका कारणहरुले गर्दा उनमा केही डिप्रेसन भएको हो ।
यसबिच गोरेनी संगको सम्बन्धको कारण छोरा जन्मियो । केही समय पस्चात गोरेनीसंग पनि रबीको सम्बन्ध बिग्रियो । त्यसैले पहिलो श्रीमतिकोमा फर्कन बाध्य भए ।
सोफामा सुत्न पर्नुको कारण धेरै हुन सक्दछ । युरोप र अमेरिका बसेका ब्यक्तिहरु सोफामा नसुतेको कमै मात्र भेट्टाउन सकिन्छ त्यसैले यसलाई यहाँं सजिलै ग्रहण गर्न सकिन्छ। आफ्नै घरमा पनि आफुले मान्नुपर्ने पाहुना आएमा आफु सोफामा सुतेर भएपनी पाहुनालाई सत्कार गरिन्छ । तर रबिको भनाई अनुसार श्रीमती र छोरीहरुको कारण आफ्नै घरमा सोफामा सुत्नुपरेको कुरा चाँही अपाच्य हुन्छ ।
रबीको भनाई अनुसार ‘श्रीमती संग सम्बन्ध बिग्रिएको कारण संगै सुत्दैनथे, कहिलेकांही संगै सुत्दा पनि अर्को तर्फ फर्केर सुतिन्थ्यो त्यसैले अहिले सम्म त्यही बानी परेको छ ।’
बिहे पस्चात संगै मिलेर बसेका ब्यक्तिहरुसंग बुझेमा यो एउटा हांस्यस्पद तर्क र आरोप मात्र हो भन्ने कुरा सजिलै बुझ्न् सकिन्छ । बिहे पस्चात को कसरी सुतिन्छ भन्ने कुनै नियम हुंदैन । त्यो समय परिस्थिती र ब्यक्तीमा पनि भर पर्ने कुरा हो । के रबिले श्रीमती संग वा गोरेनी संग गर्मीमा सुत्दा ओडने ओडेर, अंगालो बांधेर सुत्ने गर्दथे ? कहिले काहीं एक अर्काको श्वास गन्हाउंदा पनि के रबि आफ्नो श्रीमती वा गोरेनी संग टांस्सियर वा अंगालोमा बेरियर सुत्ने गर्दथे ? हो, त्यसैले रबिको त्यो भनाई आफुलाई निर्दोष देखाउन रचिएको कुतर्क र हांस्यस्पद आरोप मात्र हो भन्न सकिन्छ ।
अब कुरा गरौँ रबिले नेपालमा कमाएर अमेरिकामा रहेका पूर्व पत्निहरु र छोरीहरुको सम्पूर्ण आर्थिक ब्यबस्थापना गरिरहेको र महिनामा १५ देखी १६ सय अमेरिकि डलर भबिस्यमा पठाउने सम्बन्धमा र त्यसको ग्यारेन्टि स्वरुप लागी ५ करोडको चेक पूर्व श्रीमती ईसालाई दिएको सम्बन्धमा ।
रबिले अब आफ्नो पाठकको विश्वाश पुन प्राप्त गर्ने हो भने पहिले विश्वाश दिलाउन सक्नु पर्यो । उनीसंग कुन स्रोत छ नेपालमा बसेर आफ्नो र अमेरिकामा बसेका परिवारको लालन पालन गर्ने ? नेपालको पत्रकार जगतलाई थाहा छ । उसको आम्दानिले उ आफैलाई पुग्दैन त्यसले यो विश्वाश गर्न लायकको त छंदै छैन । कि रबिले भन्नु पर्यो म नेपालमा रहेर पत्रकारिताको नाममा ब्लाकमेलिङ गरिरहेको छुं । ब्लाकमेलिङ गरेर कमाएको रकमको आयस्रोत सरकारलाई देखाउन मिल्दैन त्यसैले सरकारलाई आयकर पनि तिर्न मिल्दैन ।
ल मानौं । रबिले पैसा कमाए । चाहे त्यो ब्लाकमेलिङ बाट होस् वा अरु माध्यमबाट ? तर पैसा अमेरिका पठाउने त्यो पनि डलरमा ? रबिले भन्नुपर्यो प्रत्येक महिना डलर सटहिको ब्यबस्था उनलाई कुन माध्यामबाट प्राप्त हुन्छ ? नेपाल राष्ट्र बैकको अनुमती बेगर त्यसरी पैसा पठाउने उनको घोषणाले नेपालको मनील्यान्डरिङ्गको (गैरकानुनी रुपमा बिदेसमा पैसा पठाउने अन्तरगतको) कानुन लाग्छकी लाग्दैन । यसले पनि रबिको बारेमा नेपाली पत्रकारिता जगत र उनका समर्थकहरु स्पस्ट हुन आबस्यक छ । पत्रकारीताको नाममा समेत रबिले कस्तो धन्दा गरिरहेका छन् ? अन्य पछी…
नेपाल हटलाईनबाट