Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा ओलीको निर्णयले दुई प्रभावशाली नेता आउट, एमालेले नयाँ अनुहार अघि सार्‍यो

सरकारबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको घोषणा

Reporter

नागरिक उन्मुक्ति पार्टीकी सांसद रंजिता श्रेष्ठले आफ्नो पार्टी सरकारबाट अलग भएर प्रतिपक्षमा बस्ने घोषणा गरेकी छिन् । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई  कुनै औपचारिक संवाद, कारण वा प्रक्रिया विना हटाइएपछि उनले विरोध गर्दै आएकी थिइन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफ्ना सांसदहरुको बेइज्जती भएको र सांसदको बेइजती पार्टीको हुने भन्दै पार्टीप्रति जनताको विश्वासकाे अवमूल्यन भएको जनाइन् । उनले अब आफूहरु सदनमा दृढताका साथ प्रतिपक्षको भूमिकामा उभिने बताइन् ।

मन्त्री चौधरीलाई बर्खास्त गर्ने  कार्य  केवल असंवैधानिक मात्र नभइ अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण भएको उल्लेख गरिन् । ‘हामी यो कदमलाई सत्ता घमण्ड, मनपरी र लोकतान्त्रिक मूल्यमाथिको अपमानको रूपमा लिन्छौं। पार्टीभित्र गहिरो छलफल र पार्टी संरक्षक माननीय रेशम चौधरीज्यूको दृढ मार्गदर्शन अनुसार,नागरिक उन्मुक्ति पार्टी अबप्रतिपक्षको भूमिकामा बस्ने निर्णयमा पुगेको छ।यो निर्णय जनताको म्यान्डेट,पार्टीको सम्मान र जननिर्वाचित प्रतिनिधिहरूमाथिको गरिमाको संरक्षणका लागि गरिएको सैद्धान्तिक र दूरदर्शी कदम हो,’ उनले भनेकी छिन् ।

नागरिक उन्मुक्ति पार्टीको संघीय संसदमा चार, मधेसमा एक, लुम्बिनीमा चार र सुदूरपश्चिममा साट जना सांसद सहभागी छन् ।  यो  उपस्थिति केवल सांसदहरूको संख्यामा मात्र सीमित नभइ जनताको भरोसा, संविधानप्रतिकाे  निष्ठा र उत्पीडित समुदायहरूको आवाजको प्रतिनिधित्व भएको उल्लेख गरिन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको