Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

“नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २”को ट्यालेन्ट राउण्ड सम्पन्न

Reporter

ललितपुर – ब्ल्याक बर्ड इन्टरटेनमेन्टको आयोजनामा आयोजित “नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २” अन्तर्गतको ट्यालेन्ट राउण्ड ललितपुरको कुमारिपाटीस्थित ड्यालिन क्याफे एण्ड मिनी बैंक्वेटमा आज अत्यन्त उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको छ।

ललितपुर जिल्लाका १५ विभिन्न विद्यालयहरूबाट छानिएका २० जना बालप्रतिभाहरूले गायन, नृत्य, अभिनय, वक्तृत्व कला लगायत विविध विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै उपस्थित दर्शक तथा निर्णायकहरूको मन जित्न सफल भए।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायकको रूपमा उपस्थित थिए ।

निणार्यक मण्डलमा  यि व्यक्तित्वहरु रहेका थिए । 

अंश वर्मा – सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व तथा उद्यमी

म्याक्स नेपाल – लोकप्रिय गायक तथा मोडल

प्रियंका श्रेष्ठ – मिस पूर्वाञ्चल २०१५ को विजेता

सुजाता बराल – अध्यक्ष, एवाईओएन

पुजा रेग्मी – निर्देशक, लक्जरी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट

कार्यक्रमको विशेष आकर्षणका रूपमा इभेन्ट म्यानेजमेन्ट एशोसिएसन अफ नेपाल का महासचिव सोनित राज ढुंगेलको उपस्थिति रहेको थियो। उनले आफ्नो विशेष सम्बोधनमा आयोजक संस्थाको पहलको प्रशंसा गर्दै यस्ता प्रतियोगिताहरूले बालबालिकामा सकारात्मक सोच, आत्मविश्वास र रचनात्मकता विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

प्रतियोगीहरूलाई आगामी असार २८ गते, शनिबार ललितपुरको म्युजिक सिटी हल, बालकुमारीमा आयोजना हुने ग्राण्ड फिनालेको तयारीका लागि विशेष प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरिने आयोजक संस्थाका प्रमुख सविना श्रेष्ठले जानकारी दिएकी छिन।

उक्त फिनालेमा यही २० जना प्रतिस्पर्धीहरूले आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत सिजन २ को उपाधिू जित्ने लक्ष्यमा प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार उक्त समापन कार्यक्रम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि, कलाकारहरू र विभिन्न सञ्चार माध्यमको उपस्थितिमा अत्यन्त भव्य रूपमा सम्पन्न गरिनेछ। कार्यक्रमको संचालन सुमी बानिँयाले गरेकी थिईन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको