Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा नारायण थापा चयन

Reporter

काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभाले १५ सदस्यीय नया कार्यसमिति चयन गरेकोछ।

राजेन्द्र बजगाईको अध्यक्षता एवं बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्बिरोध निर्वाचित भएकाछन भने दिपक शर्मा बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्बाचित भएकाछन।

त्यस्तै सुजाता के सी सहमतिमा उपाध्यक्षमा सनम कठायत निर्विरोध महासचिव रिता के सी सचिव सहमतिमा निर्बाचित भएकाछन भने बेनिश पौडेल महिला सचिव,प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएकाछन।

त्यस्तै मनोज परियार,बिरेन्द्र सिंह भाट,कोपिला शिवाकोटी,पुजा ठकुरी,गिता पाण्डे,सुभाष तिमसिना,प्रमोद डि जी र प्रज्वल राज भट्ट सदस्यमा निर्विरोध निर्वाचित भएकाछन। १७ सदस्यीय कार्यसमितिमा बाँकि २ सदस्य भने नयाँ कार्यसमितिले चयन गर्नेछ।

संस्थाका संस्थापक सल्लाहकारहरु राजु सिंह,डा•टिका भन्डारी,माधब राज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा डा•ओम कृष्ण प्रसाईं बि बी थापा राजेन्द्र लुईटेल लगायतका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रम अनामनगर स्थित किम्ची रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो।

बार्षिक साधारणसभाको अवसरमा नया कार्यसमिति चयन संगै संस्थाले कलाकारितामा बिशिष्ट योगदान गर्नुहुने राज टाइगरलाई मानार्थ सदस्यता र बरिष्ठ कलाकार गोपाल ढकाल(छन्दे)लाई आजिवन सदस्यता प्रदान गरेकोथियो।

कार्यक्रममा नबनिर्बाचित अध्यक्ष थापाले गीत संगीतको विकृति बिसंगति नियन्त्रण,पछिल्लो समय कलाकर्मीहरुमा बढेको नेराश्यतालाई सम्बोधन गर्न मनोपरामर्शदाता संग कार्यशाला तथा श्रष्टाहरुको स्वास्थ्य विमा लगायतका सामाजिक कार्यहरुमा संस्थाले ठोस पहल गर्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको