Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

साउन १ गतेदेखि एमआरपी नराख्ने पसललाई कारबाही गरिने

Reporter

साउन १ गतेदेखि एमआरपी (अधिकतम विक्री मूल्य) नराख्ने पसललाई कारबाही गरिने भएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ देखि प्रत्यक पसलले एमआरपी नराख्नेलाई कडा कारबाही गरिन विभागका महानिर्देशक कुमार प्रसाद दहालले बताए ।

उनले भने,‘ नेपालमा व्यापार गर्ने व्यापारीहरुलाई पनि सहज हुने र उपभोक्तालाई पनि सहज हुने गरि अधिकतम मूल्य कति हो भनेर प्रत्येक पसलले राख्न पर्छ भन्ने कानुनमा नै छ तर, लागू गरिएको छै्रन् ।’त्यस्तैले अब आउदो साउन १ गतेदेखि देशैभरीका प्रत्यक पसलले एमआरपी अनिवार्य रुपमा देखिने स्थानमा राख्न पर्ने भनेर विभागले सूचना जारी गरेर जानकारी गराउने महानिर्देशक दाहालले आर्थिकन्यूज डटकमलाई जानकारी दिए ।

नेपालमा मात्र यस्तो होला कि टोलै पिच्छे मूल्य फरक हुने नेपालका हरके टोलमा मूल्य फरक फरक देखिएको विभागले जनाएको छ । यहा सुनदेखि नुनसम्मका पसलले कति मूल्य हो भनेर उपभोक्तले थाहा पाउने स्थानमा राख्न पर्ने हो तर, हालसम्म कुनै पनि पसलले मूल्य सूची सार्वजनिक गदैनन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको