Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

बेलिब्रिज पुलको उद्घाटन गर्न हुम्ला गएका प्रधानमन्त्री खराब मौसमका कारण सुर्खेतमै

Reporter

कर्णाली करिडोर अर्न्तगत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज पुलको उद्घाटन गर्न सुर्खेत आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली खराब मौसमका कारण सुर्खेतमै रोकिएका छन्। बिहान साढे १० बजे सुर्खेत आइपुगेका प्रधानमन्त्री ओलीसहितको टोली सुर्खेतमै रोकिएको हो।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वप्रधानमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र पूर्वमन्त्री तथा एमालेका उपमहासिचव प्रदीप ज्ञवाली छन्। कालिकोटतिरको खण्डमा मौसम खराब छ। मौसम खराबीका कारण हेलिकोप्टर उड्न नसकेपछि प्रधानमन्त्रीसहितको टोली नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टरमा बसेको छ।

कर्णाली करिडोर निर्माण थालनी भएको २६ वर्षपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको