Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता

Reporter

रसुवामा आएको बाढीमा परी १२ नेपाली र ६ चिनिया नागरिकसहित १८ जना बेपत्ता भएका छन् । मंगलबार बिहान ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा अकस्मात आएको बाढीमा परी १८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनामा परेका ९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सम्पर्कविहीन हुनेमा इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्दारका लागि खटिएका मध्ये प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुनन ठाकुर र लोकेन्द्र बोहरा समेत रहेका छन् ।

बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–५ पासाङल्हामु सडक भासिएका कारण धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ ।

यस्तै, बाढीले गोसाइँकुण्ड–२ स्थित इभी चार्जिङ स्टेशनमा क्षति गर्दा त्यहाँ रहेका ७–८ वटा गाडी बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको र रसुवा हाइड्रोपावरको ड्याममा क्षति भएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको