Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

कार्यक्रम व्यवस्थापन संघ र ओम चावहिल डेण्टल हस्पिटलबीच विशेष छुट सम्बन्धि सम्झौता

Reporter

काठमाडौं-  कार्यक्रम व्यवस्थापन संघ, नेपाल र ओम चावहिल डेण्टल हस्पिटलबीच पारस्परिक सहकार्य तथा संघका सदस्यहरूलाई लक्षित विशेष छुट सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा कार्यक्रम व्यवस्थापन संघ, नेपालका अध्यक्ष राजेन्द्र लुइटेल (राज) र ओम चावहिल डेण्टल हस्पिटलका तर्फबाट अध्यक्ष कृष्ण घिमिरे बीच हस्ताक्षर भएको हो।

सम्झौता अनुसार संघका सबै वैध र क्रियाशिल सदस्यहरू र तिनका आश्रित परिवार सदस्यहरूले ओम चावहिल डेण्टल हस्पिटल चावहिल सहित यसका कोटेश्वर लगायतका शाखाहरूमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा ५० प्रतिशत छुट पाउनेछन्।

त्यस्तै, अन्य केहि सेवाहरुमा निशूल्क समेत सेवा प्रदान गरिने जानकारी अस्पतालका प्रमुख घिमिरेले जानकारी दिए । आश्रित परिवारको हकमा भने सिफारिशका आधारमा विभिन्न सेवा सुविधा उपलव्ध हुने छ ।

छुट सेवामा सामान्य दन्त परीक्षणदेखि लिएर स्केलिङ, एक्स-रे, ब्रेसेस, रुट क्यानाल, इम्प्लान्ट, सर्जरी, क्राउन लगायत सम्पूर्ण उपचार समावेश गरिएका छन्। संघले सदस्यता प्रमाण देखाएर छुट लिन सकिने व्यवस्था मिलाइएको छ।

अध्यक्ष लुइटेलले सम्झौताले संघका सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच र आर्थिक राहत दिने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, प्रमुख घिमिरेले ओम चावहिल डेण्टल हस्पिटलले सधैं गुणस्तरीय, सुरक्षित र आधुनिक प्रविधिमा आधारित सेवा प्रदान गर्दै आएको बताउँदै संघसँगको सहकार्यलाई दीर्घकालीन रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाए ।  सहकार्य सम्झौताले संस्थागत स्तरमा स्वास्थ्य र सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

चावहिल डेण्टल हस्पिटल – उपत्यकाको प्रतिष्ठित र अग्रणी दन्त अस्पताल

लामो समयदेखि काठमाडौं उपत्यकामा दन्त उपचारका क्षेत्रमा विशिष्ट पहिचान बनाएको ओम चावहिल डेण्टल हस्पिटल आज नेपालकै प्रतिष्ठित दन्त उपचार केन्द्रका रूपमा स्थापित भएको छ। झण्डै दुई दशकदेखि सेवा प्रारम्भ गरेको यो अस्पताल अहिले राजधानीको विभिन्न स्थानहरूमा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ।

अत्याधुनिक उपकरण, अनुभव सम्पन्न विशेषज्ञ चिकित्सकहरूको टोलि, सफा र स्वच्छ वातावरण तथा सर्वसुलभ सेवाका कारण यस अस्पतालले आमनागरिकदेखि विशिष्ट व्यक्तिहरूबीच समेत विश्वास जित्दै आएको छ।

यहाँ उपलब्ध प्रमुख सेवाहरूमा :

सामान्य दन्त परीक्षण तथा परामर्श

स्केलिङ (दाँत सफा गर्ने सेवा)

डिजिटल एक्सरे

दाँतको ब्रेसेस (Orthodontics)

रुट क्यानाल ट्रीटमेन्ट (RCT)

क्राउन र ब्रिज

दन्त इम्प्लान्ट

ओरल सर्जरी

बालबालिकाको दन्त उपचार (Pediatric Dentistry)

गिजा सम्बन्धी समस्या समाधान (Periodontics)

अस्पतालको विशेषता भनेको गुणस्तरमा कुनै सम्झौता नगरी आधुनिक प्रविधिबाट सेवा दिनु, समयमै उपचार प्रक्रिया सम्पन्न गर्नु, र व्यक्तिगत सेवामा विशेष ध्यान दिनु हो। अस्पतालमा कार्यरत चिकित्सकहरू नियमित रूपमा देश- विदेशका तालिमहरूमा सहभागी हुने र दन्त उपचारका नयाँ प्रविधिमा अद्यावधिक भइरहने संस्कृति पनि यहाँको विशेषता हो।

कृष्ण घिमिरेको नेतृत्वमा सञ्चालित ओम चावहिल डेण्टल हस्पिटलले “सस्तो, गुणस्तरीय र जनमैत्री सेवा”भन्ने नारालाई आत्मसात् गर्दै आफ्नो सेवा विस्तार गर्दै आएको छ। देशका वरिष्ठ एवं प्रतिष्ठित चिकित्सकहरुले सेवा प्रदान गर्ने हस्पिटलले सामाजिक कार्यका लागि पनि विभिन्न स्थानमा दन्त शिविर क्याम्पहरु संचालन गर्दै आएको छ ।

संस्थागत तथा सहकार्य कार्यक्रमहरूमार्फत विभिन्न संघसंस्थासँग सेवा पहुँच बढाउने कार्य पनि यस अस्पतालको उदाहरणीय अभ्यास हो।

थप जानकारी चाहिएमा निम्न टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

01-4592100, 0145910317

 

eman- ocdh

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको