Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

काम गर्न नसक्ने मन्त्री फिर्ता बोलाउनुपर्छ भन्नु स्वभाविक होः मन्त्री खड्का

Reporter

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले तत्काल सरकार फेरबदल नहुने बताएका छन् । वर्तमान सरकार स्थायित्वको लागि बनेको उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुशासन कायम गर्न, विकास निर्माणका कामहरु अगाडि बढाउन नै ठूला दलहरु मिलेर सरकार बनाइएको बताएका हुन् ।
‘हामीहरुले यो गठबन्धन गरेको कारण नै सरकार अस्थिर भयो । महिनैपिच्छे सरकार फेरबदल गर्नुपर्ने अवस्था भयो । सरकारको स्थायित्व नभइकन सुशासन कायम हुन नसक्ने, विकास निर्माण अगाडि बढ्न नसक्ने परिस्थिति थियो । त्यो परिस्थितिलाई ध्यानमा राखेर नै ठूला दलले सहकार्य गरेका हुन् । त्यसकारणले यो सरकार अदलबदल हुँदैन,’– उनले भने ।
साथै, बाहिर मिडियामा आएजस्तो नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकारको बारेमा आलोचना नभएको उनको दाबी छ ।
मन्त्रीहरुले काम गर्न सकेनन् भने फिर्ता बोलाउनुपर्छ भन्नुलाई स्वभाविक मान्नुपर्ने उनको भनाइ छ । ‘केन्द्रीय कमिटीमा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ पनि दिनुभएको छ । केही विषयहरुमा उहाँहरुले प्रश्न राख्नुभएको छ । बाहिर भनिएजति आलोचना भएको होइन । उहाँ (गगन) ले पनि त्यसो भनेको होइन । काम गर्न सकेनन् भने फिर्ता बोलाउनुपर्छ भन्नु त स्वभाविक हो नि,’– उनले भने ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको