Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

आज जापानी विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आउदै, हवाई सेवा सम्झौता हुने

admin

Japanese Minister of Foreign Affairs Taro Kono

काठमाडौं, पुस-२५ ।

आज नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुँदैछ ।

नेपालको औपचारिक भ्रमणका क्रममा आज नेपाल आउन लागेका जापानका विदेशमन्त्री तारो कोनोसंग दुई मुलुकबीच हवाई सेवा सम्झौता हुन लागेको हो ।

अपराह्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच ४ बजेपछि हुने मन्त्रीस्तरीय वार्तापछि सम्झौता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयकोबीचमा सहयोग प्रवर्द्दन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्रसमेत निर्माण गरिने भएको छ ।

परामर्श संयन्त्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान हुने कार्यक्रम रहेको जनाईएको छ ।

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि मन्त्री ज्ञवालीको निमन्त्रणामा जापानी विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज काठमाडौं आउँदै छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको