Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

Reporter

ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएका काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय प्रदीप परियारलाई पुर्पक्षका लागि २५ हजार छाड्न विशेष अदालतले आदेश गरेको छ ।

बुधबार परियार सहित निर्देशक वसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ धरौटी तिराइ पुर्पक्षमा छाड्न समेत अदालतले आदेश गरेकाे छ ।

बुधबार बिहान परियार, आचार्य र ढकाल अदालतमा उपस्थित भएका थिए । उपस्थित भएपछि आजै न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनीहरुको बयान र थुनछेक बहस भएको हो ।

थुनछेक बहसपछि तीनै जनालाई धरौटीमा छाड्न आदेश भएको अदालतका उपरजिष्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते परियार, आचार्य र ढकालसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

समानान्तर सेवा प्रालिले सबैभन्दा कम मूल्य (करसहित १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसा) कबोल गरे पनि मिलेमतोमा सो कम्पनीलाई अयोग्य ठहर गरी त्यसको सट्टा दोस्रो कम कबोल (२२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसा) गर्ने कल्पवृक्ष–कोहिनुर जेभीसँग सम्झौता गरी हानी नोक्सानी पुर्‍याएको आरोप परियारलाई छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको