Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

अमेरिकाको भिसा आवेदकहरुको लागि नयाँ नियम लागू

Reporter

अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ ।

भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जालबारे जानकारी दिनुपर्ने भएको छ ।

नेपालस्थित अमेरिकी दुतावासले एक सूचना जारी गर्दै भिसा आवेदकले सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा भिसा अस्वीकृत हुन सक्छ र भविष्यमा पनि अमेरिकाको भिसाका लागि अयोग्य ठहरिन सक्ने चेतावनी दिएको छ ।

अमेरिकी भिसाको डिएस १६० फारममा हाल नयाँ सुरक्षासम्बन्धी मापदण्ड लागू गरिएको हो  । आवेदनकर्ताहरूले विगत पाँच वर्षभित्र प्रयोग गरेका सबै सामाजिक सञ्जाल प्लेटफर्महरू र ती प्लेटफर्ममा प्रयोग भएका ह्यान्डल वा प्रयोगकर्तानामहरू पूर्ण रूपमा उल्लेख अनिवार्य भएको छ ।
आवेदन फारम हस्ताक्षर गरी पेश गर्नु अघि आवेदकहरूले आफूले दिएको सम्पूर्ण जानकारी सही र सत्य भएको प्रमाणित गर्नुपर्छ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको