Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कल्पना बुढाथोकी ‘मिसेस हिमालयन’को उपाधि :आत्मविश्वास, परिश्रम र मार्गदर्शनको सफल परिणति

Reporter

काठमाडौं – सामान्य गृहिणीको भूमिकाबाट आत्मविश्वासी व्यक्तित्वको रूपमा उभिएकी कल्पना बुढाथोकीले हालै सम्पन्न देशकै एक भव्य सौन्दर्य प्रतियोगिता ‘मिसेस हिमालयन’ मा विजेताको उपाधि हात पार्दै हजारौं महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्।

यो सफलताको मूलमा उनी स्वयंको परिश्रम, आत्मबल र तयारी त छ नै, साथै उनले आयोजक संस्थाकी प्रमुख अफ्सना खड्गी म्याडमको विशेष सहयोग र मार्गदर्शनलाई निर्णायक कारक मानेकी छन्।
“अफ्सना म्याडमले मेरो आत्मविश्वास जगाउन, मभित्रको क्षमता देखाउन र निखार्न ठूलो भूमिका खेल्नुभयो,” कल्पनाले भनिन्, “उहाँको प्रशिक्षण र प्रोत्साहनबिना म आज यो उपाधि जित्न सक्दिनथेँ।”

डर, संकोचदेखि आत्मविश्वाससम्मको यात्रा
सुरुमा आफूभित्र खास प्रतिभा नभएको ठान्ने कल्पनाले तालिममा सहभागी हुँदै जाँदा आत्म(आकलन, सार्वजनिक प्रस्तुति, सामाजिक उत्तरदायित्व र आत्मविश्वासका थुप्रै पाटोमा आफूलाई विकसित गर्न सकिन्।
“मैले सिकें—हार्नु भन्दा अघि प्रयास नगर्नु नै ठूलो गल्ती हो,” उनी भन्छिन्।

विजेता घोषणा – आँशु, खुसी र सपना साकार
जब स्टेजमा विजेताको नाम घोषणा गरियो, उनी अलिकता अनिश्चित थिइन्।
“जब मेरो नाम सुनें, एकछिन स्तब्ध भएँ, अनि आँशु झर्यो—त्यो खुसीको आँशु थियो। त्यो क्षण आजसम्मको सबैभन्दा खास अनुभूति रह्यो,” कल्पना सम्झिन्छिन्।

भविष्यमा सामाजिक सेवाको बाटो
विजेता बनेपछि कल्पनाको उद्देश्य अझ स्पष्ट बनेको छ—समाज परिवर्तनमा योगदान पुर्‍याउने।
“महिला सशक्तिकरण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा केही गर्न चाहन्छु। मलाई लाग्छ, म अहिलेको सफलताबाट धेरैलाई प्रेरित गर्न सक्छु,” उनले भनिन्।

आयोजकप्रतिको सम्मान र कृतज्ञता

कल्पनाले आयोजक संस्था र सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै भनिन्,
“यसजस्तो भव्य प्रतियोगिता आयोजना गर्नु आफैंमा गाह्रो काम हो। तर अफ्सना म्याडमको कुशल नेतृत्व र समर्पणले हामी सबैलाई जीवनभर याद रहने अनुभव दिलाउनुभयो। म उहाँप्रति हार्दिक कृतज्ञ छु।”

कल्पना बुढाथोकीको यो यात्रा केवल एक सौन्दर्य प्रतियोगिताको कथा होइन, यो साहस, परिश्रम, मार्गदर्शन र आत्मविश्वासको विजय यात्रा हो। यो प्रेरक कथा अरु धेरै महिलालाई पनि आफूभित्रको सम्भावना चिनेर अघि बढ्न उत्प्रेरित गर्नेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको