Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

विदेश यात्रा गर्दा ‘खादा, माला, टोपी’ लगायत पहिरनमा प्रतिबन्ध: अध्यागमन

Reporter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागले नेपालबाट विदेश जान तयारीमा रहेका सबै यात्रु, टुर गाइड, ट्राभल एजेन्ट तथा विमानस्थलमा क्रियाशील कम्पनीहरूलाई लक्षित गर्दै विशेष सूचना जारी गरेको छ।

विमानस्थलको सुरक्षालाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले जारी गरिएको सूचनामा अध्यागमन क्षेत्रभित्र कसैलाई पनि खादा, माला, चस्मा, फरक प्रकारका टोपी, वा कुनै विशेष पहिचान वा संकेत झल्काउने वस्तु (Accessories) प्रयोग नगर्न आग्रह गरिएको छ।

दुई मुख्य प्रतिबन्ध

१. खादा, माला वा शोभा प्रकृतिका वस्तुहरू निषेध

२. टोपी वा अन्य विशेष वस्त्र प्रयोग नगर्न निर्देशन

अवैध गतिविधिमा संलग्नता भए कानुनी कारवाही हुने चेतावनी

अध्यागमन कार्यालयले नियमको उल्लंघन गर्नेहरूलाई कानुनी कारवाहीको भागेदार बनाइने भन्दै सबै सरोकारवालालाई सचेत गराएको छ। साथै, अध्यागमन प्रक्रिया सहज बनाउनका लागि यात्रुहरू, ट्राभल व्यवसायी तथा सम्बन्धित निकायहरूलाई पूर्ण सहकार्य गर्न समेत अनुरोध गरिएको छ।

सूचनाको अन्त्यमा, कार्यालयले यात्रुहरूको सहुलियत र सुरक्षालाई उच्च प्राथमिकता दिँदै यस्तो व्यवस्था लागू गरिएको जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको