Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

तेह्रथुमको धार्मिक तथा पर्यटकीय क्षेत्र चिचिलिङ पोखरीसम्म सडक पुग्यो

admin

काठमाडौं, पुस-२५ ।

तेह्रथुम जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल चिचिलिङ पोखरीमा सडक विस्तारसँगै सवारी साधन सञ्चालनमा आउन थालेका छन् ।

फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङदेखि चिचिलिङ पोखरीसम्म सडक विस्तार भएपश्चात सवारी साधन सञ्चालनमा आउन थालेका छन ।

तेह्रथुम सदरमुकाम म्याङलुङबाट लगभग एक दिनको पैदल दूरीमा अग्लो डाँडाबीच रहेको यो पोखरी दृश्यावलोकन गर्ने र वनभोज खाने स्थलको रुपमा परिचित हुँदै गएको छ ।

अहिले सडक निर्माणका कारण यो क्षेत्र आन्तरीक पर्यटकको निम्ति समेत आकर्षक गन्तव्य बन्दै गएको छ ।

पोखरी परिसरसम्म पुग्न गाउँपालिकाको केन्द्र पोक्लाबाङदेखि भ्यागुत्ते ढुंगासम्मको ४.२ किमी सडक निर्माण सम्पन्न भएको हो ।

यहाँ घुम्न आउन चाहने पर्यटकलाई सहज होस् भनेर ट्रयाक ओपनसँगै ७ मिटर चौडाईको सडक निर्माण गरिएको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले जनाएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको