Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

अब विदेश घुम्न जाने नेपालीहरूले तीन हजार डलर सटही सुविधा पाउने

Reporter

नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीहरूलाई सटही सुविधामा वृद्धि गरेको छ । शुक्रबार राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नयाँ व्यवस्था गरेको हो ।

अब विदेश भ्रमणमा जाने नेपालीहरूले तीन हजार अमेरिकी डलर सटही सुविधा पाउने भएका छन् । यसअघि यस्तो सुविधा दुई हजार पाँच सय अमेरिकी डलरसम्म रहेको थियो ।

गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै भने, ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रति पटक अमेरिकी डलर २,५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकोमा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३,००० कायम गरिनेछ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको