Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

रवि बज्राचार्यको स्वरमा “निश्चल तिम्रो आँखा”, राज फैजु र अस्मिता लामिछाने अभिनय

Reporter

काठमाडौं, नेपाल — नेपाली संगीतप्रेमीहरूको लागि एक नयाँ रोमान्टिक पप गीत “निश्चल तिम्रो आँखा” हालै सार्वजनिक गरिएको छ, जसले युवा प्रेम, सरलता र नेपालीपनलाई कलात्मक ढंगमा प्रस्तुत गरेको छ। रुद्रांश प्रोडक्सनको प्रस्तुतिमा गित बजारमा आएको हो । गीतमा लोकप्रिय गायक रवि बज्राचार्यको सुमधुर स्वर रहेको छ भने शब्द तथा संगीत सोहन मानन्धरको सिर्जनात्मकता झल्किएको छ।

संगीत संयोजन (एरेन्जमेन्ट) मा इमान विक्रम शाहले गीतलाई आधुनिकता र गहिरो भावनात्मकता प्रदान गरेका छन्। गीतको भिडियो निर्देशनमा शिरीष रत्न तुलाधरले अत्यन्तै मनमोहक दृश्य संरचना तयार पारेका छन्। क्यामेरामा अमृत ट्याटको कुशल दृष्टिकोणले प्रेम भावनालाई जीवन्त बनाएको छ। राज फैजु र अस्मिता लामिछानेको प्रमुख अभिनयले कथालाई प्रेमिल र संवेदनशील बनाउँछ, भने आरभ गौतम र एलभिरा महर्जन बालकलाकारको रूपमा देखिएर भिडियोमा झनै मिठास थपेका छन्।यस गितको बालकलाकार आरभ गौतम र एलभिरा महर्जन अन्तर्राष्ट्रिय किड्स पेजेन्टका बिजेता हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको