Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्सङ्ग दीक्षा’ पुस्तक विमोचन

Reporter

पूर्वराष्ट्रपति डा. रामवरण यादवले शुक्रबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ‘सत्सङ्ग दीक्षा’ नामक पुस्तकको औपचारिक विमोचन गर्नु भएको छ। हनुमानढोका दरबार संग्रहालय विकास समिति र स्वामीनारायण संस्था नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उहाँले आध्यात्मिकता र विज्ञानको समन्वयबाट नेपालकै सांस्कृतिक पहिचानलाई सुदृढ बनाउँदै विश्वशान्तिमा योगदान पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउनु भयो।

उहाँले भन्नुभयो, “हामी हाम्रो संस्कृति, परम्परा र समाजको गहिरो समझदारीका साथ अघि बढ्नुपर्छ। यसले शान्ति, सहअस्तित्व र भाइचाराको वातावरण बनाउँछ र विश्वकल्याणमा योगदान पुर्‍याउँछ।”

संस्कृतबाट नेपाली भाषामा अनुवाद गरिएको १११ पृष्ठको पुस्तक ‘सत्सङ्ग दीक्षा’ लाई कार्यक्रममा आधुनिक मूल्यहरूसँग जोडिएको एक आध्यात्मिक मार्गदर्शकका रूपमा प्रस्तुत गरिएको थियो। डा. यादवले राष्ट्र निर्माणमा आध्यात्मिक ज्ञानको भूमिकालाई महत्वपूर्ण बताउँदै विज्ञानसँग यसको समन्वय अपरिहार्य भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा स्वामीनारायण परम्पका प्रतिनिधि साधु भद्रेशदास स्वामीले “नेपालको मुक्तिनाथ क्षेत्रमा भगवान नीलकण्ठले तपस्या गर्नु भएको थियो, जसले यस स्थानलाई केवल धार्मिक नभई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको दृष्टिले पनि महत्त्वपूर्ण बनाएको छ” भन्दै सनातन धर्मले प्रेम, भक्ति र सहअस्तित्वका मूल्यहरू जीवन्त राखेको बताउनुभयो। उहाँले संस्कृत भाषा, पोशाक, परिकार र परम्पराहरू कुनै राष्ट्रको मौलिकता दर्शाउने महत्वपूर्ण आधार भएकोमा जोड दिनुभयो।

पूर्वसांसद शंकरप्रसाद पाण्डेले नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटनलाई समृद्धिको आधार स्तम्भको रूपमा प्रस्तुत गर्नुभयो। उहाँले ‘सत्सङ्ग दीक्षा’ पुस्तकले विश्वमै शान्ति, सद्भाव र मानव कल्याणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी युवा विद्वान तथा नेता शंकर तिवारीले नेपाल हिमालदेखि तराईसम्म आध्यात्मिक साधनास्थलहरूले भरिएको पवित्र भूमि भएको बताउँदै पुस्तान्तरणका लागि यस्तो पुस्तकले नयाँ पुस्तालाई आध्यात्मिक मूल्यहरूसँग जोड्ने विश्वास व्यक्त गर्नुभयो।

पुस्तक ‘सत्सङ्ग दीक्षा’ ले विशेषगरी सत्सङ्ग, भजन, सेवा, ध्यान र अनुशासनमा जीवन बिताउन प्रेरित गर्ने उद्देश्य राखेको छ, जसले आलस्य र ध्यान विचलन जस्ता प्रवृत्तिबाट टाढा रहन प्रोत्साहित गर्छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको