Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

रेड फोर्स नेपाल युवा संगठनको घोषणा

Reporter

ललितपुर- आज ललितपुरमा एक कार्यक्रमबिच रेड फोर्स नेपाल नामक नयाँ युवा संगठनको घोषणा भएको छ । क्रान्तिकारी शक्ति पुनर्गठन तथा रुपान्तरण अभियानका संयोजक कमरेड दलसिंह खत्री ‘मिसन’को प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले कमरेड रोशन थापाको संयोजकत्वमा पन्ध्र सदस्य रहेको केन्द्रीय तदर्थ समितिको चयन गरेको छ ।

देशको वर्तमानमा विद्यमान समग्र बेथिति, अव्यवस्था, अस्तव्यस्ताबाट निकास र अग्रगमनका लागि स्थापना भएको क्रान्तिकारी शक्ति पुनर्गठन तथा रुपान्तरण अभियानको नीति तथा कार्यक्रमको मार्गदर्शनमा स्थापित रेडफोर्स सदैव राष्ट्रिय हित र समग्र श्रमजीवी वर्गको मुक्तिको लागि सम्झौताहीन संघर्षको मोर्चामा अग्रस्थानमा उभिएर लड्ने सपथ खाई निर्माण भएको संगठन भएकोले यो राष्ट्रघाती संसदीय पार्टीहरुको भातृ संगठनको रुपमा निर्माण गरिएका युवा संगठनहरुभन्दा समग्र रुपमा भिन्न र पृथक रहेको धारणा उक्त कार्यक्रमका वक्ताहरुले व्यक्त गरेका थिए ।

अन्य विविध नाम र रङ्गका पार्टीहरुका युवा संगठनभन्दा यो संगठन साँच्चिकै अर्थमा भिन्न र देश र जनताप्रति जिम्मेवार संगठनको रुपमा आफूलाई स्थापित गर्न सक्षम भयो भने यसको गठनको सार्थकता पनि पुष्टि हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको