राजेन्द्र लिङ्देनको अध्यक्षतामा रहेको राप्रपामा भाँडभैलो सुरु भएको छ।
केही दिनअघि मात्र लिङ्देनले पार्टीको अनुशासन आयोगबाट नवराज सुवेदी र प्रवक्ताको जिम्मेवारीबाट सगुन सुन्दर लावतीलाई हटाएको निर्णय गरेपछि भाँडभैलो सुरु भएको हो।
धवलशमशेर राणाको छुट्टै भेलामा लिङ्देनको निर्णयविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने सहमतिअनुसार सुवेदी र लावती त्यहाँ पुगेका छन्।
यता राप्रपाले भने उजुरी दिन जानेलाई लोकलाजको ख्याल राख्न चेतावनी दिएको छ।
लोकप्रिय समाचार

