काठमाडौं । नेपाली संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अभिप्रायले तयार गरिएको नयाँ म्युजिक भिडियो ‘छम छम पाउजु’ सार्वजनिक भएको छ।
निर्देशन र छायांकन दुवैको जिम्मा सम्हालेका रुपेश थापाले यसपटक पनि आफ्नो बहुप्रतिभाको उच्चतम स्तर प्रस्तुत गरेका छन्।
भिडियोको छायांकन बेलायतको स्वर्गजस्तै रमणीय स्थल Durdle Door मा गरिएको हो, जसले दृश्यहरूमा प्राकृतिक सौन्दर्य र सिनेमाटिक गहिराई थपेको छ। रुपेश थापाले दृश्य-संयोजन, प्रकाशको प्रयोग, मूड अनुसारका एङ्गल र कलात्मक सिनेमाटोग्राफीमार्फत भिडियोको हरेक फ्रेमलाई कलामा रूपान्तरण गरेका छन्।
गायक बिकाश सुनारको सुमधुर स्वरमा सजिएको गीतमा आश्मा विश्वकर्मा, प्रताप दास, र तुलसी सुनारको अभिनय छ, जसलाई निर्देशक थापाले अत्यन्तै स्वाभाविक ढंगले प्रस्तुत गरेका छन्। गीतका गीतकार यज्ञ बीके, संगीत संयोजक केशव बाबु, मिक्स र मास्टरिङ्ग बिमल छिन्नाल र सम्पादन मिलन विश्वकर्माको टिमवर्कले यो प्रोजेक्टलाई उत्कृष्ट बनाएको छ।
रुपेश थापा नेपाली म्युजिक भिडियो निर्देशन र छायांकन दुबै क्षेत्रमा अब्बल नाम हुन्। ‘छम छम पाउजु’मा उनले आफ्नो दृष्टिकोण, अनुभव र संवेदनशीलतालाई पूर्णरूपमा उतारेका छन्, जसले दर्शकलाई गीत मात्र होइन, एक दृश्यात्मक अनुभव प्रदान गर्छ।

